आज दिनभर देशभरका विभिन्न स्थानमा वर्षा हुने

 जेठ २३, २०७७

तुलसीपुर,२३ जेठ ।

देशभर शुक्रबार बिहान सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ । शुक्रबार दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

शुक्रबार राति प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहने छ। प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भूभागका केही स्थानहरुमा शुक्रबार राति मेघगर्जन,चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ को बाँकी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

तपाईंको प्रतिक्रिया