तुलसीपुरमा एक होटलबाट ४ महिला र ३ पुरुष पक्राउ

 जेठ २३, २०७७

तुलसीपुर,२३ जेठ ।

अस्लिल शव्द प्रयोग गर्दै सामाजिक प्रतिष्ठामा खलल पुराएको भन्दै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएकोे छ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ५ बसपार्क स्थित जेके होटलबाट उनिहरुलाई विहिवार नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सुचना आधारमा गएको प्रहरी टोलीले होटल संचालिका सहित ४ महिला र ३ पुरुष गरी ७ जना लाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय दाङबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ

तपाईंको प्रतिक्रिया