लकडाउनको सदुपयोग गर्दै रुकुमका युवाहरु बाटो निर्माणमा जुटे

 जेठ २३, २०७७

हिरा परियार,रुकुम पश्चिम,२३ जेठ ।

रुकुम पश्चिमको एक गाउँ का युवाहरुले लकडाउनको समयलाइ सदुपयोग गर्दै गोरेटो बाटो निर्माण गरेका छन । जिल्लाको आठबिसकोट नगरपालिका १३ ज्यामिरकोटका युवाहरुले लकडाउनको समयलाइ सदुपयोग गर्दै बाटो निर्माण गरेका हुन । स्थानिय करिब १५ जना युवाहरुको समुहले श्रमदान मार्फत जनबिकास माबी ज्यामिरकोट टाकुरा जाने गोरेटो बाटो निर्माण गरेको उक्त बिद्यालयका प्रधानाध्यापक दिपक संगम थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवाहरुले दुई दिनसम्म करिब ५० हजार रुपैयाँ बराबरको श्रमदान गरेर बाटो निर्माण गरेका छन । देशमा कोरोना भाइरसको त्रास फैलिरहेका बेला ज्यामिरकोट्मा भने पछिल्लो समय बाहिर बाट कोहि पनि ब्यक्ति गाउँमा प्रबेश गरेका छैनन । बाहिरबाट अन्य ब्यक्ती गाउँ प्रबेश नगरेको हुनाले कोरोनाको जोखिम पनि कम महसुस गरेर युवाहरु बिकास निर्माणको काममा जुटेका छन ।

लकडाउन को समयमा घरभित्रै बसेर दिन कटाउन गाह्रो हुने भएकाले बाटो निर्माणको काममा लागेको स्थानीय युवा बालकृष्ण मल्लले बताउनुभयो । साथै अब उक्त बिद्यालयमा सरस्वतीको मन्दिर र किरीयापुत्रि बस्ने घर पनि निर्माण गरिने उहाँको भनाइ छ ।

तपाईंको प्रतिक्रिया