ब्राउन सुगर सहित तुलसीपुरमा एम्बुलेन्स नियन्त्रणमा

 जेठ २३, २०७७

तुलसीपुर,२३ जेठ ।
लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती आठ बजे चेक जाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेपछि एम्बुलेन्स सहित तीन जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीले एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका– १५ बडहरा निबासी २३ बर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १८ बर्षकी दिपा थापा लाई पक्राउ गरेको छ । उनिहरुलाई खानतलासि गर्दा १६ ग्राम ४५० मिली ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनिहरु नक्कली बिरामी भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया