थप २७८ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ९१२ पुग्याे

 जेठ २३, २०७७

काठमाण्डाै, २३ जेठ ।

नेपालमा शुक्रबार थप दुई सय ७८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका दुई सय ७८ जनामा सङ्क्रमण देखिएकाे हाे । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या दुई हजार नाै सय १२ पुगेकाे छ । 

आज थपिएका सङ्क्रमितमा ८ महिने बालक पनि रहेका छन् । आज थपिएका कर्णाली प्रदेशका मात्रै एक सय जना रहेका छन् । सङ्क्रमितमध्ये निकाे भएर घर फर्किनेकाे सङ्ख्या तीन सय ३३ पुगेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुुगेकाे छ । 

तपाईंको प्रतिक्रिया