हिरामणी दुखी लाई पितृशोक

 असार १७, २०७७

तुलसीपुर,१७ असार ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हिरामणी दुखी लाई पितृशोक परेको छ । तुलसीपुर ५ निवासी उनका बुवा देबिराम पौडेलको ८४ बर्षको उमेरमा आज विहान ४ बजे घरमै निधन भएको हो । पौडेल लामो समयदेखि क्यान्सर रोगबाट समेत पिडित थिए ।

जेठा छोरा दुखी काठमाडौंमा रहेको हुदा अन्तीम संस्कार भोली गरिने पारीवारीक श्रोतले जानकारी दिएको छ । पौडेलकी एक श्रीमती छिन । उनका कान्छा छोरा भेषराज पौडेलको भने निधन भएको अझै ४५ दिन पुगेको छैन ।

तपाईंको प्रतिक्रिया