दाङका २ सहित देशभर ४ सय ७३ कोरोना संक्रमित थपिए

 असार १८, २०७७

तुलसीपुर,१८ असार ।
दाङमा विहिवार दुई जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको घोराही र दंगीशरणमा एक÷एक जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिषठन घोराहीमा विहिवार १४३ नमुना परिक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ आएको हो । जसमा घोराही रझेना क्वारेन्टाईनबाट संकलन गरिएको मध्ये ५ नमुना परिक्षण गर्दा घोराही १९ का २९ बर्षिय एक पुरुष र दंगीशरणबाट संकलन गरिएको मध्ये पाँच जनाको परिक्षण गर्दा दंगीशरण ७ का ३६ बर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

विहिवार दाङका दुई जना सहित देशभर ४७३ संक्रमित थपिए संगै कुल संक्रमित हुनेको संख्या १४ हजार ५१९ पुगेको छ। तीमध्ये १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६३६ जना पुरुष रहेका छन्। विहिवार १०९ जना महिला र ३६४ जना पुरुष संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ४,मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१, खोटाङका १, ललितपुरका २, चितवनका २, वर्दियाका १, भक्तपुरका २, दाङका २, धादिङका १,दोलखाका २,गोर्खाका १,काठमाडौँका २८ रहेका छन्।

यसका साथै काभ्रेका १, मकवानपुरका १,पाल्पाका १,रामेछापका १,रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १,सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १,रसुवाका १, बागलुङका १,पर्वतका २, तनहुँका ३,स्याङजाका २, कास्कीका १,लमजुङका १६, दैलेखका ३ तथा कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन्।

योसँगै हालसम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

तपाईंको प्रतिक्रिया