दुर्गेश थापाको तीजगीत ‘बीचबीचमा २’ सार्वजनिक

 असार १८, २०७७

काठमाडौं, १८ असार ।

गायक दुर्गेश थापाले ‘बीच बीचमा २’ सार्वजनिक गरेका छन् । यस वर्षको तीजलाई लक्षित गर्दै ‘बीच बीचमा २’ सार्वजनिक गरिएको हो । सार्वजनिक ‘एउटा फोटो खिच्’ बोलको यस गीतमा कोरोनाका कारण यस वर्षको तीज मनाउन नपाइएको कुरा समेटिएको छ ।

दुर्गेश थापाकै संगीत रहेको गीतमा दुर्गेश थापा, राम खत्री, राजन कार्कीको स्वर सुन्न सकिन्छ । गत वर्षको हिट गीत ‘बीच बीचमा’को सिक्वोलका रूपमा याे गीत तयार गरिएको हो ।

शिव विकको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, जीवन सहानी क्षत्री, जीबी चिरन, सारिका केसी, अस्मिता जुरेली, दिपशा विसी, टीका जैसी, सविता राई, इनि विष्ट, शिल्पा खड्कालगायतको अभिनय छ ।

तपाईंको प्रतिक्रिया