तुलसीपुर बजार अब साँझ ५ बजे सम्म खुल्ने

 असार १९, २०७७

दाङ, १९ असार ।
ब्यावसायीको आग्रह बमोजिम तुलसीपुर बजार अबदेखि साँझ ५ बजे सम्म खुल्ने भएको छ । दिउँसो १२ बजेसम्म व्यापार व्यवसाय संचालन हुँदा अत्याधिक भिडभाड बढेपछि आइतबारदेखि लागु हुने गरी साँझ ५ बजेसम्म बजार खुल्ने भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।जिल्ला विपद व्यवस्थापन समितिले साँझ ५ बजेसम्म व्यापार व्यवसाय संचालन गर्न पाउने निर्णय गरेको भएपनि तुलसीपुरमा दिउसो १२ बजे सम्म खुल्ला गर्ने निर्णय भएको थियो ।

विपद व्यस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा बैठक बसेको हो । यस अघि उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शले असार मसान्तको समयमा हिसावकितावको समेत काम गर्नुपर्ने भएपनि १२ बजे सम्म पसल खुल्दा समस्या परेको बताएका थिए ।

तपाईंको प्रतिक्रिया