लमहीमा रक्तसञ्चार केन्द्र सञ्चालन हुने

 असार २०, २०७७

देउखुरी, २० असार ।
लमहीमा रक्तसञ्चार केन्द्र सञ्चालन हुने भएको छ । नगरपालिकामा भएको देउखुरी स्तरीय छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले स्थानीय पालिकाको सहयोगमा रक्तसञ्चार सेवा सुरु गर्न लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले तीन÷तीन लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको छलफलमा प्रमुख अतिथि शर्माले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरु अघी सारेको बताउनुभयो ।

लमहीमा मृगौलाको डायलाइसिस सेवा सञ्चालनमा छ । तर, अहिले लमहीमा रक्तसञ्चार केन्द्र नहुदा वुटबल र घोराहीबाट रगत ल्याउनुपर्ने बाध्यता छ ।

तपाईंको प्रतिक्रिया