नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

 असार २०, २०७७

काठमाडौं, २० असार ।

देशभरका २३ वटा प्रयोगशालमा गरिएको परीक्षणमा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका पछिल्लो २४ घण्टाको अवधिमा २३२ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोन संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ३७२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ६ हजार ४१५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ५० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया