कोरोनाबाट २ जनाको मृत्यु

 असार २०, २०७७

तुलसीपुर,२० असार ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट थप दुइ जनाको मृत्यु भएको छ । गोरखा, पालुङटारका ४४ वर्षका पुरुष र रुपन्देही, देवदहका ७५ वर्षका पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा कोरोना सङ्क्रमण पुष्टि भयो । उनको २० असारको दिन विहान पाँच बजेर पाँच मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भयो । त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

तपाईंको प्रतिक्रिया