५० रुपैयाँको नयाँ नोट आजदेखि बजारमा

 असार २२, २०७७


तुलसीपुर,२२ असार ।

५० रुपैयाँको नयाँ नोट आजदेखि बजारमा आएको छ । नेपाल राष्ट्र बैँकले आजदेखि नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

केन्द्रीय बैँकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रङ्गमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैँकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैँक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

तपाईंको प्रतिक्रिया