डिस्चार्ज हुने बढ्दै, चार जिल्ला भए कोरोनामुक्त

 असार २३, २०७७

काठमाण्डाै, २३ असार ।

नेपालमा कोरोना सङ्क्रमित थपिने सङ्ख्या क्रमशः घट्दै गएको छ । पछिल्लो पाँच दिनमा कोरोना पुष्टि हुनेको सङ्ख्या निरन्तर घटिरहेको र यो खुसीको कुरा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार असार १९ गते सात सय ४० जना सङ्क्रमित थपिएकोमा २० गते दुई सय ३२ जना, २१ गते दुई सय ९३ जना, २२ गते एक सय ८० जना र आज दुई सय चार जनामा मात्रै कोरोना भेटिएको छ ।

यस्तै पछिल्लो पाँच दिनमा आइसाेलेशनबाट घर फर्कनेको सङ्ख्या पनि बढिरहेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७४९९ पुगेको छ ।

यस्तै चार जिल्ला कोरोनामुक्त भएका छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा देखिएका सबै सङ्क्रमित निको भएर घर फर्किएसँगै यी जिल्लामा कोरोना सङ्क्रमित छैनन् । चार जिल्ला कोरोनामुक्त भएपछि ७४ जिल्लामा सङ्क्रमण रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया