दाङका ४ सहित २ सय ५५ संक्रमित थपिए

 असार २४, २०७७

तुलसीपुर,२४ असार ।

नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, तेह्रथुमका १, सुनसरीका ३, इलामका २, काभ्रेका २, मोरङका ४, सिराहाका २, सप्तरीका ४, बाराका १, अछामका २२, बैतडीका २, बझाङका ४, दार्चुलाका १, गोर्खाका २, सर्लाहीका ३, चितवनका ५, नवलपरासीका २ जना रहेका छन् ।

यस्तै रौतहटका ३३, दाङका १, धादिङका १,दैलेखका १, काठमाडौँका १६, ललितपुरका ७, लमजुङका १, नवलपरासीका १, रामेछापका २, म्याग्दीका १, कास्कीका १४, गुल्मीका ३,पाल्पाका ५, प्युठानका १,बाँकेका २, दाङका ४, कालिकोटका १, रुकुमका ७, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डढेलधुराका २, डोटीका १२, कञ्चनपुरका १२, सिन्धुपाल्चोकका १ र कैलालीका ३६ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ। यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप २५३ जना संक्रमित डिसचार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ७ हजार ६५२ पुगेको छ।

तपाईंको प्रतिक्रिया