सार्वजनिक यातायात र ट्याक्सी चल्न दिने सरकारको निर्णय

 असार २५, २०७७

काठमाडौँ,२५ असार ।

सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ड. युवराज खतिवडाले यो निर्णयबारे जानकारी गराएका हुन् ।

उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय सरकारले गरेको हो । त्यस्तै ट्याक्सीमा चालकबाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिने निर्णय सरकारले गरेको छ ।

सार्वजनिक यातायात तथा ट्याक्सी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने पनि मन्त्री डा. खतिवडाले जानकारी दिए । सार्वजनिक सवारी चलाउँदा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गर्ने निर्णय पनि सरकारले गरेको छ । क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने पनि मन्त्री खतिवडाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया