पहिराेमा पुरिएर रुकुम पश्चिममा २ जनाको ज्यान गयाे

 असार २६, २०७७

हिरा परियार,रुकुम पश्चिम ,२६ असार ।

रुकुम पश्चिममा आज बिहान पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ । जिल्लाको आठबिसकोट नगरपालिका ३ स्याँलाखदि गएरातिको भारी बर्षाका कारण गएको पहिरोमा परि २ जनाको ज्यान गएको हो । उक्त वडाको रेझेखोलामा गएको पहिरोले स्थानीय तुल बहादुर दमाईको घर पुरिदाँ दमाईकी श्रीमती २८ वर्षीया सिता दमाई र ६ वर्षिय छोरा हाबिल परियारको पहिरोमा पुरिएर घटना स्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । यस्तै पहिरोमा पुरीएकी तुल बहादुरकी ८ वर्षिया छोरी हिरा परियारलाई स्थानीय र नेपाल प्रहरीले शकुसल उद्धार गरेका बताइएको छ । पहिरोमा पुरिएकी बालिकाको स्थानिय मेडिकलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ठक बहादुर केसीले जानकारी दिनुभएको छ । काम बिषेशले घरमुली दमाई घर बाहिर रहेकाले उहाँ सकुसल रहनुभएको छ । यस्तै इलाका प्रहरी कार्यालय आठबिसकाका प्रमुख तथा प्रहरी निरिक्षक अच्युत राज आचार्यको टोली घटना स्थल तर्फ गएको छ ।।

तपाईंको प्रतिक्रिया