बेलझुण्डी अस्पतालबाट थप ८ जना डिस्चार्ज

 असार २७, २०७७

तुलसीपुर,२७ असार ।

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट थप ८ जना संक्रमित डिस्चार्ज भएका छन ।
तुलसीपुरका ७ र बबई गाउँपालिकाका १ जना गरी आठ जना निको भई घर पठाईएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् ।

बेलझुण्डीमा अझै ४७ जना संक्रमितको उपचार भईरहेको छ । उनीहरु सवै दाङका जिल्लाका बासीन्दा रहेका छन् ।

तपाईंको प्रतिक्रिया