करेण्ट लागेर तुलसीपुरमा एक जनाको ज्यान गयो

 असार २८, २०७७

तुलसीपुर, २८ असार ।

करेण्ट लागेर तुलसीपुरमा एक जनाको ज्यान गएको छ । उपमहानगरको वडा नम्बर ९ बेलुवा स्थित दाजुभाई चोक नजिक एक युवकको करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सोहि ठाउँका अर्जुन खड्काको घरमा पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागेर सल्यान कपुरकोट गाउँपालिका वडा नम्वर ५ रिम बस्ने २६ बर्षिय कमल खत्रीको ज्यान गएको प्रहरीले बताएको छ ।

आईतवार विहान सवा पाँच बजे करेन्ट लागेर गम्भिर घाइते भएका खत्रीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घरधनी खड्काको घरमा आईतवार घर प्रतिष्ठा हुन लागेको बुझिएको छ । सोहि क्रममा घरको छतमा पानी तान्ने मोटर जडानका लागी ती युवकलाई बोलाईएको थियो ।

खड्काको घरमा उनले नै वायरीङ गरेको खुलेको प्रहरीले बताएको छ । स्थानियका अनुसार ती युवकको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया