आइतबार थपिए ८२ कोरोनाका संक्रमित

 असार २८, २०७७

असार २८ काठमाडौं , आइतबार थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको हो। यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन्। यीसहित हालसम्म ८ हजार ५ सय ८९ निको हुनेको संख्या पुगेको छ।

हालसम्म मृतक ३८ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण भएको छ।

विश्वमा हालसम्म १ करोड २८ लाख बढी संक्रमित भएका छन्। ५ लाख ६८ हजार बढीको निधन भएको छ।

तपाईंको प्रतिक्रिया