थप ११६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १७ हजार ६१ पुग्यो

 असार ३०, २०७७


काठमाडौँ,  ३० असार ।

 नेपालमा आज थप ११६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ११६ जनामा कोरोनाको संक्रमण देखिएको बताउनुभएको छ ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७ हजार ६१ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३८ रहेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या दश हजार ३२८ पुगेको छ । पछिल्लो २४ घन्टामा ३४ जना डिस्चार्ज भएका छन् ।

तपाईंको प्रतिक्रिया