गाई काटेर खाएको भन्दै दाङमा ३ जना पक्राउ

 असार ३०, २०७७

ओमप्रकाश गुप्ता , गढवा ३० असार ।

देउखुरीको गढवा स्थित रामपुर गाउँमा गाई काटेर खाएको हल्लाले ब्यापक रुप लिन थालेपछि बालापु र बालाखुटीबाट स्थानीयहरु मंगलबार बिहान त्यसतर्फ गए । गढवा ६ रामपुरका प्रधान भनिने बिराहिम गुजरले आफ्नो गोठबाट ६ दिन पहिले बाच्छी हराएको बताए । यो सुनेपछि स्थानीयहरुको एक हुलले मंगलबार बिहानै देखि रामपुर गाउँको दक्षिणतर्फ रहेको कक्रहवा खोलामा छापा मार्न थाले ।

खोलामा खाडल खनेर पुरेको आशंकामा स्थानीयले इलाका प्रहरी कार्यालयमा खबर गरे । प्रहरी प्रमुख भरतसिंह राठौर सहितको प्रहरीको टोलीले शंकास्पद स्थानमा उत्खनन् गर्यो । सो क्रममा बोरामा हालेर गाडिएको अबस्थामा गाइको खुट्टा, खुर, छाला र पुच्छर फेला पर्यो ।
गढवाको रामपुर गाउँ देखि दक्षिणतर्फ कक्रहवा खोलामा गाईको बाच्छी काटेको र त्यसको खुट्टा, छाला र पुच्छर बोरामा हाली खाडल खनेर पुरिएको पाइएको हो ।

गढवा- ६ रामपुर बस्ने प्रधान भनिने बिराहिम गुजरको गाईको बाच्छी ६ दिन पहिले गोठबाट हराएको गुजरले बताएका छन् । स्थानीयहरुलाई गुजरले गाईको बाच्छी गोठबाट हराएको बताएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन । इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठौर सहितको प्रहरीको टोलीले अनुसान्धान गर्दा कक्रहवा खोलामा गाइको खुट्टा, छाला र पुच्छर खाडलमा पुरेको अबस्थामा फेला पारेको हो ।

घटना स्थलमा पुगि प्रहरीले शंकास्पद खडल उत्खनन् गर्दा खुट्टा, छाला, खुर र पुच्छर भेटिएको बताएको छ । यस्तो घटना यहाँ पटक–पटक हुने गरेकोले निन्दनिय भएको भन्दै प्रहरीले चाँसो दिनुपर्ने र अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको स्थानीय समाजसेवी मन्सराम यादवले बताए ।

प्रहरीले घटना स्थलमा फेला पारेको सामाग्री सहित मुचुल्का तयार पारेको र तीन जनालाई अनुसन्धानका लागि ल्याइएको बताएको छ । अनुसन्धानको क्रम जारी छ, तीन जनालाई सोधपुछका लागि ल्याएका छौं, पत्ता लागेमा नियमानुसार कार्बाही हुन्छ–प्रहरी प्रमुख राठौरले भने ।

तपाईंको प्रतिक्रिया