प्रदेश ५ को कोरोना कोषमा एक करोड सहयोग

 असार ३१, २०७७

तुलसीपुर,३१ असार ।

पाँच नम्वर प्रदेश सरकारलाई एक करोड सहयोग गरिएको छ । कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग गरेको छ । बुुधबार बिहान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रालिका उपाध्यक्ष रवि केसीले उक्त रकमको चेक हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गदै केसीले आफूहरुले प्रदान गरेको रकम विशेष गरी अस्पतालका भेन्टिलेटरका लागि प्रयोग गर्न आग्रह गरे ।

उनले देशभर भेन्टिलेटर कम भएको हुदा उक्त रकम बिरामीको पहुुँचमा दीर्घकालीन रुपमा पुुग्ने गरी आइसियुु र भेन्टिलेटर खरिदमा खर्च गर्न आग्रह गरेका छन् । चेक बुुझदै मुुख्यमन्त्री पोखरेलले कोषको रकमसदुपयोग हुुने बताए ।

उनले सूर्य नेपाल प्रालिले आफ्नो लगानी प्रदेश ५ मा पनि ल्याउन आग्रह गरे । लगानीको वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको बताए । त्यस्तै कार्यक्रममा टाइगर प्यालेस रिर्सोटका संस्थापक लगानीकर्ता नवराज बजगाईले प्रदेशका आफूहरुले लगानी विस्तार गर्ने तयारीमा रहेको बताए ।

तपाईंको प्रतिक्रिया