कोरोनाबाट एक जनाको मृत्यु,१०१ संक्रमित थपिए

 साउन ०२, २०७७

तुलसीपुर,२ साउन ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षका एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयले ती पुरुषमा लामो समयदेखि डाइविटिज र मुटुको समस्या रहेको जनाएको छ ।

असार ३१ गते बेलुकी खोकी, ज्वरो तथा स्वास प्रश्वास लगायतका स्वास्थ्य समस्या देखिएपछि उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना भएका थिए ।
उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएकोमा बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।


यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको छ।

तपाईंको प्रतिक्रिया