तुलसीपुरमा आज देखि बढ्यो दुग्धजन्य पदार्थको मुल्य

 साउन ०३, २०७७

तुलसीपुर,३ साउन ।

तुलसीपुरका डेरी व्यवसायीहरुको बैठकले तुलसीपुरमा समायोजन गरिएको दुधको मुल्य आजदेखि लागु भएको छ । दुधको मुल्य वृद्धिका लागि लामो समयदेखि किसानहरुले माग गर्दे आएका थिए । डेरी व्यवसायीहरुले निणर्य गरे अनुसार नेपाल सरकारले तोकेको एक लिटर दुधको खुद्रा मूल्य अब देखि ८० रुपैया भएको छ । त्यसैगरी एक लिटर दहिको खुद्रा मूल्य ९० रुपैया, एक किलोग्राम घ्यूको खुद्रा मुल्य १ हजार २ सय रुपैया र एक किलोग्राम पनिरको मुल्य सात सय रुपैया निर्धारण गरिएको डेरी व्यवसायी गणेश डेरी उद्योगका सञ्चालक विनिल केसीले बताए ।

त्यसैगरी डेरी व्यवसायीहरुले गुणस्तरका आधारमा दुध खरिद गर्ने भएका छन् सोहि अनुसार किसानबाट डेरी उद्योगले खरिद गर्ने दुधको मूल्य समेत निर्धारण गरेका छन् । दाङको घोराही क्षेत्रमा गत बर्षदेखि नै दुध प्रति लिटर ८० रुपैया र दहि प्रति लिटर ९० रुपैया बिक्रि हुँदै आएको छ ।

तपाईंको प्रतिक्रिया