देशका विभिन्न ठाउँमा सलह सक्रिय

 साउन ०३, २०७७

तुलसीपुर,३ साउन ।
नेपालमा सक्रिय सलहको झुण्डले खेतीबाली खाने क्रम रोकिएको छैन । हिजो सुर्खेत, बाँके, कञ्चनपुर, जाजरकोट लगायतका जिल्लामा सलह सक्रिय भएका छन् । सलहले किसानले लगाएको धान, मकै, कोदो लगायतको अन्नबाली खाएर सखाप पार्न थालेको छ । जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर ३ मा लगाईएको धान, मकै, कोदो, बदाम लगाएतका बाली सलहले खाइदिएको स्थानीय महेन्द्र आचार्यले बताए ।

नेपालको मौसम अनुकुल नहुने भएकाले अब भने बिस्तारै सलह हराएर जाने प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेब हुमागाइले बताउनुभयो । यसअघि सलहले कपिलबस्तु, मकवानपुर, प्युठान, दाङ, पर्वत लगाएत स्थानको बालीनालीमा क्षति पु¥याएको थियो ।

तपाईंको प्रतिक्रिया