ऐश्वर्या अस्पताल भर्ना

 साउन ०३, २०७७

साउन,३ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन अस्पताल भर्ना भएकी छन् । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्या शुक्रबार साँझ मुम्बइस्थित नानावती हस्पिटलमा भर्ना भएकी हुन् ।

४६ वर्षीया ऐश्वर्यालाई केही दिनअघि कोभिड-१९ को परीक्षण गर्दा नतिजा पोजिटिभ आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् । ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया