२४ घण्टामा १ सय ३ ले जिते कोरोना, ५७ संक्रमित थपिए

 साउन ०३, २०७७

साउन ३, काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर ५७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार शनिबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या १ सय ३ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ३७ रहेको छ। 
 

तपाईंको प्रतिक्रिया