बिहे गर्छु भनेर बलात्कार

 साउन ०५, २०७७

तुलसीपुर,५ साउन ।
बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जबरजस्तीकरणी गरेको उजुरी परेको छ ।

घटनाबारे जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले पक्राउ गरेको छ ।पीडित बालिका १६ वर्षीया हुन् । बिहे गर्छु भनेर उनलाई साथीको कोठासम्म लगेको पाइएको भनिएको छ । थप अनुसन्धान जारी छ ।

तपाईंको प्रतिक्रिया