करणी गरेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ

 साउन ०५, २०७७

तुलसीपुर,५ साउन ।

करणी गरेको ओरोपमा विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निबासी ४४ बर्षका नारायण वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएकी एक महिलालाई आफु विप्लव माओवादीको कार्यकर्ता भएको भन्दै धम्की दिदै जबरजस्ती करणी गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । निजको झोलामा नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर ईलाका कमिटी सल्यान लेखिएको छाप र अभियान खर्च लेखेको डायरी समेत फेला परेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया