धादिङमा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गयो

 साउन ०६, २०७७

काठमाडौं, ६ साउन ।

पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले अनलाइनखबरलाई बताएअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेकाे छ ।

तपाईंको प्रतिक्रिया