जबज कुनै चलचित्रको पटकथा होइन, नेपाली क्रान्तिको मौलिक सिद्धान्त हो : संयोजक महर

 साउन ०६, २०७७

साउन ६, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले जबज कुनै चलचित्रको पटकथा नभई नेपाली क्रान्तिको मौलिक सिद्धान्त रहेको बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘जबज कुनै चलचित्रको पटकथा होइन । यो त नेपाली क्रान्तिको मौलिक सिद्धान्त हो। लोकतन्त्रको हिमायती हो।राष्टृयताको पहरेदार हो। सर्बहारा श्रमजिबी बर्ग र देशभक्तहरुको सञ्जिबनी बुटि हो ।नेपाली राजनितिको मियो हो ।
आफ्नो सम्पुर्ण राजनितिक जीवन जबजको भर्याङ चढेर उचाई बढाउने अनि आज आएर ब्यक्तिगत आग्रह र कुण्ठाले यसमाथिको प्रहार गर्नु जुन थालमा खायो त्यही थालमा थुक्नु जस्तै हो ।
नेता कमरेडहरु समयमा नै आफुलाई आफैले सम्हाल्नुहोस यसैमा भलो छ अन्यथा समय आउँछ पर्खिदैन इतिहासले अवस्य पनि यसको मुल्यांकन गर्ने नै छ ।’

तपाईंको प्रतिक्रिया