साउन १३ गतेसम्मका लागि स्थगित नेकपा स्थायी कमिटी

 साउन ०६, २०७७

साउन ६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। साउन १३ गतेसम्म बस्ने गरी बैठक स्थगित भएको हो। 

देशमा लगातार बाढी पहिरो डुबान र धनजनको क्षति भएकाले साउन १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केहीबेर बसेको बैठकले राहात र उद्धारका लागि सरकारलाई जिम्मेवार हुनुपर्नेमा जोड दिइएको उनले बताए। 

पार्टीभित्रको विवाद प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको उनले बताए। आज बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक तीन घण्टापछि बल्ल बसेको थियाे।  

नेकपाभित्रको विवादका कारण यसअघि पनि पटक पटक समय तोकेर स्थगित हुँदै आएको बैठक प्रधानमन्त्री ओलीकै सहमतिमा सुरु भएको बताइएकाे थियाे।  पार्टीभित्रको विवाद बढिरहेको बेला प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आज बिहान आफू निकटका नेताहरुसँग छलफल गरेका थिए। 

तपाईंको प्रतिक्रिया