आठबिसकोटमा लक्ष्य भन्दा धेरै राजस्व संकलन

 साउन ०६, २०७७

हिरा परियार,रुकुम पश्चिम, ६ साउन ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । नगरपालिकाले ३ करोड ५० लाखको लक्ष्य लिइएकोमा लक्ष्य भन्दा बढि राजश्व संकलन भएको हो । नगरपालिकाले बिभिन्न क्षेत्रबाट जम्मा ३ करोड ६८ लाख ४९ हजार ५ सय ६८ रुपैँया संकलन गरेको छ । सबै भन्दा धेरै स्वास्थ्य क्षेत्रबाट ६१ लाख ५१ ह्जार ५ सय १० रुपैँया संकलण भएको प्रसाशन सहायक जय बहादुर बुढाले जानकारी दिए ।

यस्तै घर बहाल कर बाफत २४ लाख ३७ हजार ८ सय ६१ रुपैँया संकलण भएको उनले बताए । कृषि तथा पशुजन्य बस्तुको ब्यवसायीक कारोबारमा लाग्ने कर बापत १६ लाख ४५ हजार ६ सय १७ रुपैँया संकलन भएको उनले बताए । भुमि तथा मालपोत कर बापत १४ लाख ३१ हजार २ सय १४ रुपैँ संकलन भएको बुढाले जानकारी दिए ।

यस्तै बिभिन्न सिफारिसबाट १३ लाख ९४ हजार २ सय १७ रुपैँया संकलन भएको छ । दण्ड जरिवानाबाट ७ लाख ८८ हजार १ सय ११ रुपौया, नयाँ ब्यवसाय दर्ताबाट ७ लाख १४ हजार ७ सय ९० रुपैँया, शिक्षा क्षेत्रबाट ७ लाख ६५ हजार २ सय रुपैँया संकलण भएको नगरपालिकाले जनाएको छ । यस्तै एकीकृत सम्पती कर बापत ४ लाख ५५ हजार ३ सय १६, नक्सापास दस्तुर बाफत २ लाख ५१ ह्जार १ सय ९४ रुपैया संकलन भएको उनको भनाई छ ।

सरकारी सम्पत्तीको बहालबाट प्राप्त आय बापत ७ लाख ६८ हजार ७ सय ६ रुपैँया,सडक निर्माण तथा मर्मत संभार दस्तुर बापत २ लाख ७४ हजार ६ सय रुपैँया संकलन भएको छ । यस्तै अन्य कर बापत १ करोड ८० लाख २८ हजार ९ सय ८५ रुपैँया संकलन भएको छ ।

नक्सा पास,पशु उपचार सेवा शुल्क,फोहोर मैला ब्यवस्थापन,यातायत क्षेत्र लगाएत बिभिन्न शिर्षक र क्षेत्रबाट जम्मा ३ करोड ६८ लाख ४९ हजार ५ सय ६८ रुपैँया संकलन भएको नगरपालिकाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया