आजदेखि क्याम्पस खुल्ने

 साउन ०७, २०७७

तुलसीपुर,७ साउन ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजदेखि खुल्ने भएका छन् । पढाई सुरु नभएपनि क्याम्पसहरू भने खुल्ने विश्व विद्यालयले जानकारी दिएको छ । लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरूको सार्वजनिक विदा पनि सकिएकाले आजदेखि क्याम्पस तथा कार्यालयहरू सूचारु हुने त्रिविले जानकारी दिएको छ ।

कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरू पूर्णरुपमा बन्द गरी परीक्षाहरू पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरूलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो ।

भदौ १ गतेबाट परीक्षाहरू पनि लिनुपर्ने देखिएकाले त्यस अनुसारको तयारी गरिने विश्वविद्यालयले सूचना निकालेर जानकारी दिएको छ । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया