सल्यानमा एक शिक्षकमाथि छात्रा बलात्कार गरेको आरोप

 साउन ०९, २०७७

तुलसीपुर,९ साउन ।

सल्यानमा एक शिक्षकमाथि छात्रा बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको बागचौर नगरपालिकामा शिक्षकले १४ वर्षीया छात्रालाइ बलात्कार गरेको आरोप लागेको हो । बागचौर नगरपालिकाको वडानम्वर २ वागचौर निवासी ३६ वर्षिय रामचन्द्र केसीले छात्रा बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी समेत दिएका छन ।

बालिकालाइ ५ दिन अघिदेखी निरन्तर रक्तश्राव भइ रहेपछि पीडितका आफन्तले घटनाबारे थाहा पाएका हुन् । बालीकाको स्वास्थ्य परीक्षण पश्चात घटनाबारे थप अनुसन्धान अगाडी बढाइने जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन । आरोपित निजि विद्यालयका प्रिन्सीपल हुन या शिक्षक हुन खुल्न बाकि रहेको छ ।

तपाईंको प्रतिक्रिया