सन्दीपले सीपीएल खेल्ने अन्यौल

 साउन ०९, २०७७

काठमाडौं, ९ साउन

नेपाली युवा स्टार लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने विषय अन्यौल बनेको छ ।आगामी अगष्टमा ट्रिनिडाड एण्ड टोबागोमा हुने यस सिजनको सीपीएलमा सन्दीप जमैका तल्लावाहजमा अनुबन्ध भइसकेका छन् । तर उनी त्यहाँ खेल्न जाने वा नजाने भन्ने निर्णय भइसकेको छैन ।

नेपालमा बुधबारदेखि लकडाउन अन्त्य भए पनि अन्तर्राष्ट्रिय उडान भदौ १ गतेदेखि मात्र खुल्ने सरकारले निर्णय गरेको छ । तर सन्दीप अबको एक सातापछि नै सीपीएल खेल्ने स्थल पुग्नुपर्ने भएकोले खेल्ने नखेल्ने अन्यौल बढेको हो ।

प्रतियोगिता सुरु हुनुअघि सहभागी फ्रेन्चाइजका खेलाडीहरु दुई साता होटलमै क्वारेन्टिन बस्नुपर्छ ।

तपाईंको प्रतिक्रिया