पोख्रेलले भने- ‘आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले जस लिन खोज्ने’

 साउन १०, २०७७

तुलसीपुर,१० साउन ।

नेकपा भित्रका बिबाद साम्य भएको छैन । नेताहरुले सामाजिक सञ्जाल देखि लिएर कार्यक्रममा समेत कटाक्ष हान्ने र एक अर्काको आलोचना गर्ने क्रम चलिरहेको छ । यसैक्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष प्रचण्डको भनाई प्रति आलोचना गरेका छन ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशनको विषय पार्टीको भएको तर अहिले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोजेको बताएपछि उनले उक्त भनाईको आलोचना गरेका हुन । पार्टीको बैठकबाट नेपालको सम्पूर्ण भूभाग समेटिएको नयाँ नक्सा जारी गर्नुपर्छ भन्ने निर्णय भएको र सो निर्णय लागु गराउन सरकारलाई पार्टीले निर्देशन दिएको अध्यक्ष प्रचण्डले बताएका थिए ।

यस विषयमा नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका पोख्रेलले भने आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले आफूले नक्सा प्रकाशन गरेको हो भन्न नमिल्ने आशय व्यक्त गरेका छन् । पोखरेलले फेसबुकमा लेखेका छन् ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?

तपाईंको प्रतिक्रिया