गिनिज बुकमा नाम लेखाउन सफल श्रेष्ठलाई संघद्धारा सम्मान

 साउन १०, २०७७

दाङ, १० साउन
विश्वका १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लेखाउन सफल संगितकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले संगितकार श्रेष्ठलाई आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई एवं सम्मान व्यक्त गरेको हो ।

संघका शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा सामुदायिक रेडियो प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यता एवं संगितकार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लखाएर विश्व कृतिमान राखेका छन ।

त्यस अवसरमा सामुदायिक प्रशारक संघ प्रदेश ५ का सचिव संगीत बस्याल, चलचित्र पत्रकार संघका सल्लाहकार शरद रेग्मी,राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली लगायतले संगितकार श्रेष्ठको विश्व कृतिमानीले दाङलाई पनि चिनाउन सफल भएको बबताएका थिए ।

कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन संघका संथापक उपाध्यक्ष चेतन रेग्मीले गरेका थिए । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघका सचिव पूर्ण केसीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया