सर्पको टोकाईबाट दाङमा एक बालकको मृत्यु

 साउन १२, २०७७

तुलसीपुर,१२ साउन ।

देउखुरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुर निवासी ७ वर्षिय राजन चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन । आइतबार दिउँसो १ बजे साथीहरूसंग कुलोमा माछा मार्न गएका बेला ती बालकलाई सर्पले टोकेको थियो ।

लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि संर्प दंश उपचार केन्द्र गोरूसिंहे लगिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि बालकलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमा नै निधन भएको जनाईएको छ ।

तपाईंको प्रतिक्रिया