ऐश्वर्या र उनकी छोरीको कोरोना रिपोर्ट नेगेटिभ

 साउन १२, २०७७

साउन,१२ ।

नानावती हस्पिटलमा कोरोना भाइरस (कोभिड १९) को उपचार गराइरहेकी बलिउड नायिका ऐश्‍वर्या राय र उनको छोरी आराध्‍याको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ। उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको उनका पति अभिषेक बच्चनले जानकारी दिएका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘तपाईलाई सतत् नमन्। धन्‍यवाद पनि। सधैं आभारी रहनेछु। ऐश्‍वर्या र आराध्याको टेस्ट नेगेटिभ आयो। उनीहरुलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ। अब उनीहरु घरमै रहनेछन्। म र बुवा (अमिताभ) मेडिकल स्टाफकै निगरानीमा अस्पतालमै रहनेछौँ।’

तपाईंको प्रतिक्रिया