एसईईको नतिजा ‘एक साताभित्र’

 साउन १२, २०७७

काठमाडौं, १२ साउन

माध्यमिक शिक्षा परीक्षा-एसईईको परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार एक साताभित्र नतिजा सार्वजनिक गर्ने गरि तयारी भइरहेको छ।

कोरोना भाइरसको महामारी र लगातारको लकडाउनका कारण यसपटक एसईईको मुल्यांकन गर्ने जिम्मा सम्बन्धित विधालयलाई नै दिइएको छ। बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेलले देशभरबाट सम्पुर्ण विवरण आइसकेको बताए । उनका अनुसार प्राप्त भएको  हार्डकपी र सफ्ट कपी रुजुको काम भइरहेको छ।

तपाईंको प्रतिक्रिया