सल्यानमा करेन्ट लागेर एक बालककाे मृत्यू

 साउन १२, २०७७

सल्यान १२, साउन ।
सल्यानमा आँप टिप्न रुखमा चढेका एक बालकको करेन्ट लागेर मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरीका १४ बर्षिय बालक टोपेन्द्र बुढाथोकीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शारदा नगरपालिका वडा नम्बर ६ भट्टाचौर स्थित सार्वजनिक स्थलमा रहेको आँपको रुखमा चढेर आँप टिप्ने क्रममा करेन्ट लागेर भुईमा खस्दा मृत्यू भएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

सोमवार दिउसोँ करिब १२ वजे तीर साथीसँग आँप टिप्न उनी भट्टाचौर गएका थिए । बिद्युत्तका तारले रुखलाई छोएकाले करेन्ट लागेको प्रहरीको भनाई छ । शवलाई पोष्टमार्टमको लागी सल्यान जिल्ला अस्पतालमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाईंको प्रतिक्रिया