कोरोना प्रतिकार्यका लागि गाउपालिकामा सहयोग

 साउन १२, २०७७


रोल्पा, १२ साउन ।

कोरोना भाइरसबाट बच्नका लागि सेभ द चिल्ड्रेन र हुरेकले त्रिवेणी गाउँपालिका रोल्पालाई स्वास्थ्य सामग्री तथा शैक्षिक सामग्री सहयोग गरेको छ । गाउँपालिकाको कोरोना प्रतिकार्य योजना अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि करिव दुई लाख बराबरका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
कोरोना परीक्षणका लागि आवश्यक पर्ने ३ सय थान भिटिएम, १० थान पिपिइ सेट, १० थान सेनिटाइजर, ५ सय थान सर्जिकल मास्क, २ सय थान साबुन, ४ सय ५० थान कक्षा १ देखि ३ का बालबालिकाहरुको लागि स्वअध्ययन पुस्तकहरु सेभ द चिल्ड्रेन र हुरेकका तर्फबाट दुर्गा तिवारी र धरेन्द्र डाँगीले त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीलाई हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाबाट सबै वडाहरुमा कोरोना भाइरसबाट बच्न विभिन्न क्रियाकलापहरु संचालन भइरहेका छन् ।
सेभ द चिल्ड्रेन र हुरेकले र त्रिवेणी गाउँपालिकासंग सहकार्य गर्दै आएको छ । यस अघि पनि सेभ द चिल्ड्रेन र हुरेकबाट साढे ५ लाख बराबर सामग्री र नगद ४५ हजार विपद कोषमा सहयोग गरिएको थियो । त्यस्तै कोरोना विशेष बालचौतारी रेडियो कार्यक्रम र विभिन्न रेडियो सन्देशहरु उत्पादन र प्रसारणमा सहयोग रहेको छ ।

तपाईंको प्रतिक्रिया