पहिरोमा पुरिएर २ जनाको ज्यान गयो

 साउन १३, २०७७


हिरा परियार, रुकुुम पश्चिम, १३ साउन ।

रुकुम पश्चिममा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ ।
जिल्लाको बाफिँकोट गाउँपालिका ९ स्यालाखेतमा पहिरोले एक घर पुरिदा स्थानिय २ जनाको ज्यान गएको हो । लगातारको भारी वर्षाका कारण आज बिहान ४ बजे तिर घरमाथीबाट खसेको पहिरोले स्थानीय हस्तबहादुर सुनारको घर पुरिदा बर्ष २२ का नबिन सुनार र १६ वर्षिय बलबहादुर सुनारको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक ठक बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परेका हस्तबहादुरकी आमा ६० वर्षिया झुपी सुनार,श्रीमती २२ वर्षिया व्युझना सुनार छोरीहरु ५ वर्षीया कोपीला सुनार र ३ वर्षिया रितु सुनारको सकुशल उद्धार गरिएको छ ।
पहिरोमा परि मृत्यु भएका दुवै जनाको शव पोष्ट पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लिने तयारी भएको अस्थाई प्रहरी पोष्ट छिनखेतका इन्जार्च बालकृष्ण खड्काले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया