कालिकोटमा गएको पहिरोमा परि ७ जना बेपत्ता

 साउन १३, २०७७

तुलसीपुर,१३ साउन ।
कालिकोटमा गएराति देखि परेको अबिरल बर्षाका पहिरोमा पुरिएर ७ जना बेपत्ता भएका छन् । बिभिन्न ठाउँहरुमा आएको बाढी र पहिरोले घरहरु बगाएको छ । बाढी पहिरोले रास्कोट नगरपालिका वडां नं १ बडतोलामा रहेको जय बहादुर शाहिको घर बगाउँदा एकै घरका पाँचजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा घरमुली ५० बर्षका जय बहादुर शाही, उहाँकी छोरी १५ बर्षका संंगिता शाही, १२ बर्षकी कौसि शाही, ८ बर्षका छोरा नबिन शाही रहेका छन् ।

यस्तै रास्कोट नगरपालिका वडा. नं. १ कै डम्बरबहादुर शाहीकी छारी बर्ष १५ की अस्मीता शाही पनि बेपत्ता हुनुभएको छ । यस्तै पहिरोले रास्कोट नगरपालिका वडां नं. १ पोदमारामा टेक बहादुर टमट्टाको घर भत्काईदिएपछि घरमा बस्न आएकी सान्नित्रिर्बेणि गाउँपालिका वडां नं.७ का बेलपुरा शाहीको ज्यान गएको छ ।

यस्तै तिलागुफा नगरपालिकाको टाकुल्लामा एकजना ५८ बर्षिया बृद्धलाई खोलाले बगाउदा बेपत्ता रहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया