प्रधानमन्त्री ओलीले भने- ‘बाघ जोगाउन आवश्यक छ’

 साउन १४, २०७७

तुलसीपुर,१४ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको अस्तित्वका लागि पनि बाघ जोगाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवसका अवसरमा आज भिडियो सन्देश दिंर्दै प्रधानमन्त्री ओलीले बाघ नेपालको पहिचान भएको उल्लेख गर्नुभयो । उहाँले बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै भएको बताउनुभयो ।

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बाघको संख्या बढ्दै गर्दा मानवसँग द्वन्द्व बढ्न सक्ने सम्भावना पनि रहेको धारणा व्यक्त गर्नुभयो । भिडियो सन्देशमा उहाँले सकेसम्म बाघ र स्थानीय समुदायबीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीका अनुसार आउँदा दिनमा राज्यले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्नेछ, राहत वितरण प्रक्रियालाई सरलीकृत गर्नेछ । पीडित परिवारलाई लक्षित गरी संरक्षणका कार्यक्रम सञ्चालन गर्नका लागि सम्बन्धित सबै पक्षलाई म हार्दिक आह्वान गदर्छु’ सन्देशमा उहाँले भन्नुभएको छ ।

तपाईंको प्रतिक्रिया