सरकारी सम्पत्तिमा वडा सचिबका श्रीमानको रजाइँ

 साउन १५, २०७७


तुलसीपुर,१५ साउन ।
तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले आर्थिक बर्ष २०७६,०७७ को जेठ महिनामा २ लाख २५ हजारमा स्कुटि किन्यो । वडा सचिव लक्ष्मि रानाको माग बमोजिम वडाका काममा सहजताका लागि वडा समितिको निर्णयबाट स्कुटि किनिएको हो । वडाले अन्य लक्षित तर्फ छुट्याईएको बजेटबाट स्कुटि किनेको बताईन्छ ।

तर उक्त स्कुटि वडाको काम भन्दा ब्यक्तिले रजाइँ गरेका छन । कार्यालयका वडा सचिव रानाका श्रीमानले स्कुटि प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ । स्कुटि किनेदेखि नै उनका श्रीमानले चलाउने गरेको भन्दै स्थानीयले सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै व्यापक गुनासो गरेका छन ।
श्रीमानले स्कुटिमा चढाएर वडा सचिव (श्रीमती) लाई वडा कार्यालय सम्म छोड्ने र बाकी समय आफुले प्रयोग गर्ने गर्दछन ।

वडा सचिवको बसाइँ उरहरि चोक नजिकै छ, उनि कुनै दिन हिड्दै र अरुको मोटरसाईलबाट समेत कार्यालय सम्म पुग्ने गरको स्थानीय बताउँछन् । स्थानीयका अनुसार वडा कार्यालयमा स्कुटि प्राय हुदैन । सरकारि सम्पत्तिको यसरी चरम दुरपयोग हुदा वडा सरकार मौन हुदा सरकार प्रति सर्वसाधरणको प्रश्न छ ।

स्कुटि किनेको लामो समय सम्म पनि पास नगरी सरकारी नम्बर प्लेट नराख्नुले जनप्रतिनिधिको नैतिकता माथि समेत प्रश्न उठ्न थालेको छ ।
आफुले चुनेर पठाएका जनप्रतिनिधिबाट भएको यो कार्यले धेरैलाई दुखि बनाएको नाम नबताउने सर्तमा एक स्थानीय बताउछन । यता, वडा सचिव रानाले स्कुटी दुरुपयोग नभएको बताउछिन । आफ्नो घरमा मोटरसाईकल भएको बताउदै उनले वडाको स्कुटी श्रीमान्ले प्रयोग नगरेको दावि गर्छिन । क्वोरन्टाईन ब्यवस्थापनमा सामान किनमेल गर्नुपर्ने हुदा आफुले चलाउन नजान्ने भएकोले श्रीमान्ले सहयोग गरेको उनको भनाई छ । दिनभर वडा कार्यालयमा स्कुटी हुदैन भन्ने प्रश्नमा उनले कैले कता हुन्छ,कैले घरमा हुन्छ मैले सिक्दैछु भन्ने जवाफ दिईन ।
वडाध्यक्ष वली के भन्छन्
यसबारेमा वडाध्यक्ष चित्र बहादुर वलिले पनि दुरुपयोग नभएको दावि गर्छन । क्वारेन्टाईन छदा सामान ल्याउनुपर्ने हुदा वडा सचिवका श्रीमान्ले स्कुटी प्रयोग गर्ने गरेको उनी स्वीकार्छन । वडा सचिव रानाले स्कुटी चलाउन नजान्ने भएकोले समस्या भएको वडाध्यक्ष वलीले बताए ।

स्कुटीको पास गर्ने प्रक्रिया अगाडी बढाई सकेको उनको भनाई छ । स्थानीयले दिनभर वडामा स्कुटी हुन्न भन्छन भन्ने बारेमा उनले वडामै हुन्छ भनी दावि गरे ।

रेडियो प्रकृति डट कम बाट साभार गरिएको

तपाईंको प्रतिक्रिया