भारतमा एकैदिन ५२ हजार सङ्क्रमित भेटिए

 साउन १५, २०७७


साउन १५ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड (१९) का ५२ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार एक सय २३ नयाँ सङक्रमित फेला परेका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसको कारण सङ्क्रमित हुनेको सङ्ख्या १५ लाख ८४ हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामै कोरोना भाइरसका कारण भारतमा सात सय ७५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४ हजार नौ सय ६८ पुगेको छ ।

तपाईंको प्रतिक्रिया