विपद व्यवस्थापनमा जुट्याे दंगीशरण

 साउन १५, २०७७


दिप्तीशीखा चौधरी, दंगीशरण, १५ साउन ।
दंगीशरण गाउँपालिकामा विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि प्रारम्भिक बैठक आज बिहीबार बसेको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितीका संयोजक पिमा कुमारी खड्काको अध्यक्षतामा बसेको बैठकले दंगीशरणमा आईपर्ने विपद व्यवस्थापन पूर्व तयारी अनुशार अगाडि बढ्ने निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष खड्काले निती र विधीमा गएर अगाडि बढ्ने बताउँनुभयो । दंगीशरणका १ र २ न. वडा बढि बाढि पहिरोको जोखीममा पर्ने भएकाले सो वडाका लागि गाउँपालिकाले योजना अनुशार अगाडि बढ्ने सोच बनाएको बताउँनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले पछिल्ले समय निरन्तर रुपमा परिरहेको पानीले ठाउँ ठाउँमा ठूलो मात्रामा क्षती पु¥याईरहेकाले दंगीशरण गाउँपालिकामा भैपरिआउँने समस्यालाई यस बिषयमा गम्भीरपूर्वक लिईरहेको बताउँनुभयो । वडा न. ५ का अध्यक्ष दिपक गौतमले जाखिम न्यूनिकरणका लागि योजना बनाउँन केहि ढिलाई भएको भन्दै शुरुमा विपद व्यवस्थापनका सामाग्री तयार गर्नुपर्ने बताए ।

स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले स्वास्थ्य शाखाको तर्फबाट स्वास्थ्यकर्मी खटिने कार्यमा आफु लागिपर्ने बताउँनुभयो ।
सेन्टर अफ क्लाईमेट र इन्भाईरोमेन्ट रीसर्चका भूपमणी दाहालले गाउँपालिकाभित्र आउँने समस्यालाई मध्यनजर गर्दै विपद, प्रकोप, जलउत्पन्न विपद, विपद पूर्व तयारी प्रतिकार्य योजना, उद्धेश्य, आवश्यक्ता र महत्व, फाईदाहरु, कानुनी आधार भित्रका एकल अधिकारको सुनिश्चिचता,विपद पर्वतयारी तथा प्रतिकार्य, योजना निर्माण प्रक्रिया कार्यान्वयन अनुगमन मुल्यांकन तथा सिकाइ, अन्तीम मस्योदा तयारी, योजनाको परिक्षण, प्रारम्भिक मस्योदा तयारी, कार्यशाला, सिममहरु, अगुवा सहयोगी सस्ंथाको भूमिका, विषयगत सदस्य सस्ंथाको भूमिका लगाएतका विषयमा जानकारी गराउँनुभएको थियो ।

बैठकमा परामर्शदाता आभास पौडेल, नेपाल रेडक्रस जिल्ला शाखा दाङका सन्तोष ढकाल, जानमती चौधरी, वडा न. १ का वडा अध्यक्ष श्रीप्रसाद चौधरी, वडा न. २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, वडा न. ४ का वडा अध्यक्ष नेव बहादुर कवँर, ६ न. वडाका टंक बहादुर वली , इलाका प्रहरी कार्यालय हेकुलीका कमल थापा, दंगीशरण नेकपा अध्यक्ष भरत अधिकारी, नेपाली कांग्रेस सभापती शोभाकर न्यौपाने, वडा सदस्य छोटिलाल चौधरी, प्रशासन शाखा प्रमुख यादव बहादुर डाँगी, ईञ्जीनीयर अंकित आचार्य लगाएतको सहभागिता रहेको थियो । बैठक आउदो मंगलबार फेरी बस्ने भएको छ ।

तपाईंको प्रतिक्रिया